नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

  • Image नेप्लेज
  • १८ असार २०८०, सोमवार
  • 547 पटक हेरिएको
नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं, १८ असार । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

  नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  

सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।   मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ ।