नरेन भट्टको शतकमा नेपालको मलेसियालाई बिशाल लक्ष्य 

  • Image नेप्लेज
  • १९ असार २०८०, मङ्गलवार
  • 828 पटक हेरिएको
नरेन भट्टको शतकमा नेपालको मलेसियालाई बिशाल लक्ष्य 

नरेन भट्टको उत्कृष्ट शतकमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा  नेपालले मलेसियालाई २५३ रनको बिशाल लक्ष्य दिएको छ ।
 
 मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर  ब्याटिङ गरेको नेपालले  निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतीमा २५२ रन बनायो । 

जसमा नरेनले ८९ बलको सामना गर्दै  ११२ रनमा अविजित रहे  । 

यस्तै निरज कुमार यादवले ४७ रनको योगदान गरे । 

मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिए ।  

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । 

मलेसिया भने घरेलु मैदान र समर्थकको साथमा नेपाललाई हराउने  दाउमा छ ।

नेपालले सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै  फाइनलमा पुगेको हो ।