सन्दिप र प्रशिक्षक मोन्टीबिना नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१७
  • |
  • 6676 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवशीय विश्वकप छनोटअघि अभ्यास खेलका लागि दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा  १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । उक्त टोलीमा स्पिनर सन्दिप लामिछाने पनि रहेको थिए । सन्दिप लामिछानेको मुद्धाको टुङगो नलागेका कारण उनी टोलीसँग दक्षिण अफ्रिका नगएका हुन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलाशले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्रै सन्दीपको मुद्दा अघि बढाउन भनेका छन् । 

फौजदारी अभियोगमा अभियोग लागेकै व्यक्ति अनिवार्य अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । २१ दिन भित्र अदालतमा उपस्थित हुनुपर्ने अन्यथा पहिला राखेको धरौटी जफत हुने भएकाले पनि उनी दक्षिण अफ्रिका नगएका हुन् । 

जेठ महिनाभित्रमा उनको मुद्दाको टुंगो लागेर सफाइ पाएमा भने सन्दीप सिधै जिम्बाबे जाने अवस्था भने रहेको नेपाल क्रिकेट संघ क्यान स्रोतले जनाएको छ । 

त्यस्तै  नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइ उक्त टोलीसँग गएका छैनन् । उनी भिषाका कारण टाेलीसँग नगएका हुन् । उनी अमेरिकामा हुँदा उतैबाट दक्षिण अफ्रिकाको भिसा अप्लाई गर्दा नआएकोले उनी भारत आई भिसा अप्लाई पश्चातमात्र जानेछन् । अबको केही दिनमा मोन्टी नेपाली टोलीसँग दक्षिण अफ्रिकामा सामेल हुनेछन् । 

नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छ । जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटामा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएइ), अमेरिका र वेस्ट इन्डिज  गरी १० टोलीको सहभागिता रहेको छ ।

नेपालले  पहिलाे खेल जुन १८(असार ३) मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० (असार ५) मा अमेरिका २२ जुन (असार ७) मा वेस्ट इन्डिज र अन्तिम खेल २४ जुन (असार ९) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन् ।

दुवै समुहमा शीर्ष तीनमा रहेने टोली सुपर सिक्समा खेल्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोली भारतमा हुने एक दिवशीय विश्वकपका लागि छनोट हुनेछन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey