भव्य समारोहबीच दोस्रो बाग्मती प्रदेश खेलकुद उद्घाटन (फोटोमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०८
  • |
  • 259 पटक हेरिएको

दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको एक भव्य समारोहका बीच आइतबार उद्घाटन भएको छ ।

बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक र विभिन्न जातजातीका समूहले मार्च पास्ट गरेका थिए । सो अवसरमा ठूलो आतिसीबाजी भएको थियो । उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल र आर्मीलगायतले विभिन्न जातजाती र भेषभुसा झल्कने नृत्य प्रस्तुत गरे ।

May be an image of 8 people and text

प्रमुख अतिथी जमकट्टेलद्वारा हस्तान्तरण गरिएको ओलम्पिक टर्चलाई ओलम्पियनहरू भक्तबहादुर सापकोटा, जितबहादुर मोक्तान र रामबहादुर गिरीले टर्च र्‍याली गराएका थिए । एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द गुरुङले प्राविधिकको तर्पmबाट सपथ लिए । आयोजक बाग्मती प्रदेशका सदस्यसचिव तथा प्रतियोगिता संयोजक सूर्यलाल भण्डारीले प्रतियोगिताका आगन्तुक पाहुनालाई स्वागत गर्दै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको रूपमा पनि यो प्रतियोगितालाई लिइएको बताए । 

May be an image of 14 people and text

बाग्मती प्रदेश सरकारको सहयोगका कारण खेलाडीहरूका लागि नियमित रूपमा हुनुपर्ने प्रदेशको ठूलो आयोजना गर्न सम्भव रहेको उनको भनाइ रह्यो । मुख्यमन्त्री जमकट्टेलले जारी प्रतियोगिता मात्र नभई यो प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता पनि गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि यो प्रदेशले आफूलाई उत्कृष्ट तयारी गराउन सक्ने औंल्याए । 

May be an image of 3 people and text

उद्घाटन समारोहमा बाग्मति प्रदेश खेलकुद परिषद्की अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बाग्मती प्रदेशका मन्त्रीहरू, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला, प्रकास कुसारी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत उपस्थिति थिए । प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूूर्यलाल भण्डारीले जनाएका छन् ।

May be an image of 8 people, dais and text

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चितवनमा क्रिकेट खेल सुरु भइसकेको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

May be an image of 5 people and text

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

May be an image of 7 people

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey