नेपाल भलिबल संघ र हन्ड्रेड स्पोर्टसबीच सहकार्य

-
नेप्लेज
- |
- २०८०-०१-३१
- |
- 231 पटक हेरिएको
आसन्न काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ का लागि नेपाल भलिबल संघले हन्ड्रेड स्पोर्टससँग सहकार्य गर्ने भएको छ ।
त्यसका लागि भलिबल संघले हन्डे«डबीच आसन्न प्रतियोगिताको मार्केटिङ र इभेन्ट पार्टनरको रुपमा सम्झौता भएको हो । नेपाल भलिबल संघको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हन्ड्रेड स्पोर्ट्सका संस्थापक रविन्द्र भाटीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालको खेलकुदलाई व्यवसायीक बनाउने उद्धेश्यका साथ नेपालका खेल र खेलाडीसँग जोडिएको काम गर्न सुरु गरिएको हन्ड्रेड स्पोर्टसका अध्यक्ष भाटीले बताएका छन् । उनले नेपाली खेलकुदको विकासमा व्यवसायीक साझेदारको रुपमा आफुहरुको सधै सकारात्मक भुमिका रहने बताए ।