बुन्डेस लिगामा बार्यनले गर्‍यो आधा दर्जन गोल

  • Image नेप्लेज
  • ३१ वैशाख २०८०, आइतवार
  • 440 पटक हेरिएको
बुन्डेस लिगामा बार्यनले गर्‍यो आधा दर्जन गोल

जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले साल्केको पोस्टमा आधादर्जन गोल गरेको छ । शनिबार भएको खेलमा साल्केलाई ६–० गोल अन्तरले पराजित गर्दै बार्यन ६८ अंकका साथ शीर्ष स्थानमा रहँदा १ अंक कम रहेको बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा रहेको छ ।

शनिबार घरेलु मैदानमा बार्यनले रेलिगेसन खतरा टार्न संघर्षरत साल्केमाथि ६–० ले पराजित गरेको हो ।

बार्यनका लागि २१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै अग्रता दिलाएका थिए । जोसुवा किमिचले २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको बार्यनले दोस्रो हाफमा ४ गोल थपेको थियो । सर्जि गेनबेरीले ५० औं र ६५ औं मिनेटमा लगातार दुई गोल गरेपछि बार्यनले ४–० को अग्रता लिएका थियो । म्याथिस टेसलले ८० औं मिनेटमा टिमका लागि पाँचौं गोल गर्दा दोस्रो हाफको अतिरिक्त समयमा पनि नौसिर माजोरीले गोल गरेका थिए । बार्यनसँग पराजित भएको साल्के बुन्डेस लिगाको तालिकामा १६ औं स्थानमा रहेको छ । 

यस्तै, दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले मालागच्छेलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी बोचुमले अक्सबर्गलाई ३–२ ले पराजित गर्दा वुल्फसबर्गले हफिनहमलाई २–१ ले स्तब्ध बनायो । त्यसैगरी फ्रांकफुटले मेनिजलाई ३–० गोल अन्तरले पराजित गर्दा युनियन बर्लिनले फेरिवर्गलाई ४–२ ले पछि पारेको थियो । 

May be an image of 2 people, people playing football, people playing soccer and text that says 'OW T PARTAR FC 22 BAYERN MUNL JOÃO CANCELO GP w BUNDESLIGA TOP6 Bayern Munich Borussia Dortmund Union Berlin D 32 20 8 GD PTS 4 +55 68 32 21 4 7 +36 67 RBLeipzg 7 +1459 32 17 8 31 17 6 3216 32 Freiburg Wolfsburg 8 +1857 +6 56 32 13 10 9 +12'