सिरि एमा एसी मिलानको हार

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१५
  • |
  • 407 पटक हेरिएको

इटालियन सिरि ए फुटबलमा एसी मिलान पराजित भएको छ। पछिल्लो समय लगातार पराजय भोग्दै आएको एसी मिलानले आज सासुलोसँग ५–२ गोल अन्तरले स्तव्ध बन्यो । आफ्नै मैदानमा पनि जित निकाल्न नसक्दा एसी मिलान पछिल्लो समय दवाबमा आएको छ । 

सासुलोका लागि १९ औं मिनेटमा जर्ज डेफरेलले गोल गर्दै अग्रता दिलाएका थिए । २१ औं मिनेट डेभिड फेरटेसीले अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा एसी मिलानका लागि ओलिभर जिरुडले १ गोल फर्काउँदै अग्रता १–२ मा झारेका थिए । 

Image

तर ३० औं मिनेटमा सासुलोका लागि डोमोनिक बेराडीले गोल गरेपछि पहिलो हाफमै एसी मिलान १–३ ले पछि परेको थियो । ४७ औं मिनेटमा आर्मन्ड राउरेन्टले गोल थपेपछि सासुलो ४–१ ले अघि बढेको थियो । ७९ औं मिनेटमा म्याथ्युज हेनरिकले गोल गर्दै सासुलोलाई ५–१ ले अघि बढाए ।

८१ औं मिनेटमा डिभोक ओरिजीले गोल गरेपनि एसी मिलान २–५ ले पराजित भयो । २० खेलबाट ३८ अंक जोडेको एसी मिलान चौथो स्थानमा छ भने जितसँगै ३ अंक थपेको सासुलो २० खेलबाट २० अंकका साथ १६ औं स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको नापोलीको ५० अंक रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey