कोपा अमेरिका अमेरिकामा हुँदै, १६ टोलीको सहभागिता रहने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१५
  • |
  • 388 पटक हेरिएको

आगामी संस्करणको कोपा अमेरिका अमेरिकामा आयोजना हुने भएको छ ।

अमेरिकामा आयोजना हुने २०२४ को कोपा अमेरिकामा कूल १६ राष्ट्रको सहभागित रहनेछ । प्रतियोगितामा दक्षिण अमेरिकाका १० राष्ट्रले सहभागिता जनाउँदा  उत्तर र मध्य अमेरिकाबाट बाँकी ६ राष्ट्र सहभागि हुनेछन् । 

२०२४ को कोपा अमेरिका आयोजना इक्वेडरले आयोजना गर्नुपर्ने भएपनि उसको सरकारले आयोजना गर्न नसक्ने बताएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकालाई आयोजना गर्न दिने निर्णय गरेको हो ।

यो सहित कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि सन् २०१६ मा कोपा अमेरिकाको सय वर्ष पूरा भएको अवसरमा पनि प्रतियोगिता अमेरिकामा नै आयोजना भएको थियो । 

पछिल्लो संस्करणको कोपा अमेरिका ब्राजिले सन् २०२१ मा आयोजना गरेको थियो जसको उपाधि कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाले जितेको थियो ।  

२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमति समेत भएको छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey