बैतडीमा महिला टि-२० क्रिकेट: देहिमाडौंको विजयी सुरूआत

Kelmi

  • |
  • २०७९-१०-०९
  • |
  • 838 पटक हेरिएको

बैतडी,९ माघ। सहिद दिवसको पूर्वसन्ध्यामा  बैतडीको  दशरथचन्द नगरपालिकामा आजदेखि  शुरू भएको नगरस्तरीय   महिला टि-२०   क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा दनपा २ देहिमाडौंको विजयी भएको छ ।  उद्घाटन खेलमा देहिमाडौंले दनपा १० बाराकोटलाई ५१ रनले स्तब्ध पार्यो । 
जितका लागि १३० रनको लक्ष्य पन्छाएको बाराकोट १२.५ ओभरमा ७८ रनमा अलआउट भयाे । उसका लागि नविना धामीले १८,करिश्मा बुडालले १७,प्रियान्सी चन्दले १२ रन जोडे । देहिमाडौंका लागि निर्मला बाेहराले ३, आरती बोहरा, पिन्की बोहरा र मनिसा बोहराले २/२ विकेट हात पारे । 

त्यसअघि निङ्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं१७.३ ओभरमा १२९ रनमा समेटियो ।  जसमा आरती बोहराले ४५,बसन्ती बोहराले १८ रनको योगदान गरे । ७.४ ओेभरमा ५२ रनमा ६  विकेट  गुमाएर धर्मराएको पारी आरती र बसन्तीले ५८ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरसम्म पुर्याए। बाराकोटका रिया धामी र ममता बुडालले ३/३ विकेट हात पारे।

देहिमाडौंकी आरती बोहरा ओम्यान अफ द म्याच भएकी स्कोरर तिलक बोहराले जानकारी दिए । 

 दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरू भएको हो । 
यसअघि एक कार्यक्रमकाबीच  प्रतियोगिताको उद्घाटन गरिएको प्रतियोगिताका संयोजक विरसिंह बोहराले जानकारी दिए ।
उद्घाटन समारोह दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । 
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चन्दले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ  रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले  प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
  
 नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार  नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय  पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको  दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले  जानकारी दिए।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई  १५/१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको  छ ।  

प्रतियोगिताको समापनको दिन माघ १५ गते दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएकाे छ । 
निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey