ला लिगामा रियल म्याड्रिडले भिल्लारियलसँग हार्दा बार्सिलाेना खुसी

  • Image नेप्लेज
  • २३ पौष २०७९, शनिवार
  • 1454 पटक हेरिएको
ला लिगामा रियल म्याड्रिडले भिल्लारियलसँग हार्दा बार्सिलाेना खुसी

स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्लारियलसँग पराजित भएकाे छ । याे हारले लिगकाे शीर्षस्थानमा पुग्ने अवसरसमेत गुमाएकाे छन ।

घरेलु मैदानमा गोलरहित बराबरी खेले पनि दाेस्राे हाफकाे सुरुमै भिल्लारियलले अग्रता बनायाे । यरेमी पिनाेले ४७अाैं मिनेटमा गाेल गरेका थिए ।

तर, ६० अाैं मिनेटमा रियलले पेनाल्टी पायाे । करिम बेन्जेमाले बराबरी गोल फर्काए । 

त्यसकाे तीन मिनेटपछि भिल्लारियलले पुन: अग्रता दियाे । पेनाल्टीमै जेरार्ड माेरेनाेले गाेल गरेका हुन् । 

रियललाइ शीर्ष स्थानको बार्सिलाेनासँग ३ अंककाे अग्रता बनाउने अवसर थियाे । १६ खेलबाट रियलकाे ३८ अंक छ । १५ खेल खेलेका बार्सिलोनाको समान अंक भए पनि गाेल अन्तरमा अगाडि छ । 

सम्बन्धित खबर