उसु टोली इन्डोनेसिया जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१६
  • |
  • 439 पटक हेरिएको

आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ ।

डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक-एक पुरुष/महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला छाङ छ्वान, चेन सु र छियान्सुमा अलिशा खातीले कौशल प्रस्तुत गर्ने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पा छिरिङ शेर्पालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey