नेसन्स लिग : नेदरल्याण्ड्सको सहज जीत

-
नेप्लेज
- |
- २०७९-०६-०७
- |
- 440 पटक हेरिएको
युइएफए नेसन्स लिग फुटबलको समूह ए ग्रुप ४ मा बेल्जियमले वेल्सलाई पराजित गरेको छ ।
गयराति भएको खेलमा बेल्जियममले वेल्समाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।
घरेलु मैदानमा बेल्जिमयले १० औं मिनेटमा अग्रता लिएको थिाये ।
केभिन डी ब्रुइनको गोलमा अग्रता लिएको बेल्जिमले ३७ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।
३७ औं मिनेटमा मिची बाटस्वीले गोल गरेका थिए ।
पहिलो हाफमा २ गोल गरेको बेल्जिमयले दोस्रो हाफमा गोल थप गर्न नसके पनि १ गोल व्यहोर्दा नतिजा भने आफ्नै पक्षमा पार्न सफल भयो ।
५० औं मिनेटमा वेल्सका लागि किफर मोरले गोल गर्दै गोल अन्तर २–१ मा झारेपनि हार टार्न पर्याप्त भएन ।
यस्तै यही समूहमा रहेको नेदरल्याण्ड्सले पोल्याण्न्डमाथि २–० को सहज जित दर्ता गरेको छ ।
नेदरल्याण्ड्सको जीतमा मिचेस गापो र स्टेभन विरवीनले एक एक गोल गरेका थिए ।
जितसँगै नेदरल्याण्ड्स ५ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यस्तै बेल्जियम १० अंकका साथ दोस्रो स्थानमा रहँदा पोल्याण्ड ४ अंकका साथ तेस्रो र वेल्सको १ अंकमात्रै रहेको छ ।