महिला साफ : नेपाल भर्सेस बंगलादेश, यस्ताे हुन सक्छ नेपालकाे प्लयिङ सेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-०३
  • |
  • 597 पटक हेरिएको

राजधानीमा जारी महिला साफ च्याम्पियनसिपकाे फाइनल खेल आज हुँदै छ। नेपालकाे एकमात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालामा उपाधिका लागि घरेलु टाेली नेपाल र बंगलादेशबीच उपाधि भिडन्त अपरान्ह ५ बजे पछि सुरुहुने छ। याे फाइनलसँग पहिलाे पटक नयाँ टिम च्याम्पियन बन्ने छ। यसअघिका लगातार ५ संस्करणकाे विजेता भारत सेमिफाइनलमा नेपालसँग पराजित भएकाले नयाँ च्याम्पियन आउने पक्का भएकाे हाे। नेपाल पाँचाैं पटक फाइनल खेल खेल्दै छ भने बंगलादेश दाेस्राे पटक फाइनल खेल्दै छ। 

नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्ने विश्वास गर्छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् ।

यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् ।

गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४–४–२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैशी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् । 

यता, मिडफिल्डरमा अनिता केसी, सरु लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउनेछन् । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफ मै मौका पाउन सक्छिन् । 

फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने याे सुनौलो अवसर रहेको बताइन् । 

नेपालको सम्भावित टिम

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा

डिफेन्डरः गीता राना, हिराकुमारी भुजेल, अमृता जैशी, पुनम जर्घा मगर 

मिडफिल्डरः दीपा शाही, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बू 

स्ट्राइकरः  प्रीति राई र रश्मीकुमार घिसिङ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey