राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका स्वीकृत

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२९
  • |
  • 595 पटक हेरिएको

काठमाडौं ।  राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका सरकारले स्वीकृत गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को नियमति बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ स्वीकृत गरेको हो ।

निर्देशिका पारित भएसँगै आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि थप सहयोग पुग्ने छ ।

स्थानीय तहदेखि खेल प्रतिभाको खोजी र पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने तथा खेलकुदको विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा चक्रिय प्रणालीमा हरेक प्रदेशमा आयोजना गरिने राष्ट्रिय खेलकुदलाई मर्यादिन, स्वच्छ, निष्पक्ष र व्यवस्थित रुपमा सञ्चालन गर्न वाञ्छनीय भएकोले सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले निर्देशिका बनाएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि आयोजना हुँदैछ ।


 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey