प्रिमियर लिगमा आर्सनलको विजयी सुरुआत

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-०४-२१
  • |
  • 514 पटक हेरिएको

इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन सुरु भएकाे छ। गयराति पहिलाे खेलमा क्रिस्टल प्यालेस र आर्सनलकाे खेलसँगै नयाँ सिजन २०२२/२३ काे सिजनकाे सुरुआत भएकाे हाे।

पहिलाे खेलमा आर्सनलले विजयी सुरुआत गरेकाे छ। 

Imageक्रिस्टल प्यालेसलाई आर्सनलले २-० गाेल अन्तरले पराजित गर्न सफल भयाे। आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरेका थिए।

२०औं मिनेटमा मार्टिनेलीले गाेल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

पहिलाे हाफमा १ गाेल गरेकाे आर्सनलले दाेस्राे हाफकाे अन्तिमतिर भने उपहार गाेल पाएकाे थियाे। क्रिष्टलका मार्क गुएहिले ८५ औं मिनेटमा आफ्नै पाेस्टमा गाेल गरेपछि आर्सनल २-० गाेल अन्तरले विजयी भयाे।

याे जीतपछि आर्सनलले पहिलो खेलबाट तीन अंक जोडेको छ। यस पटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले प्रिमियर लिगमा टिम उतारेकाे छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey