साफ यू-२० उपाधिका लागि बंगलादेश र भारत भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 536 पटक हेरिएको

साफ यू-२० च्याम्पियनसिपको फाइनलमा आज बंगलादेश र भारत भिड्दै छन् ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार राति सवा सात बजे हुने फाइनलमा उपाधिका लागि घरेलु टोली भारतसँग पाहुनाटोली बंगलादेशले खेल्न लागेको हो ।

यो प्रतियोगितामा नेपालसहित, बंगलादेश, भारत, माल्दिभ्स र श्रीलंकाले पनि सहभागिता जनाएका थिए । नेपाल समूह चरणबाट आउट हुँदै काठमाडौं फर्किसकेको छ भने माल्दिभ्स र श्रीलंका पनि घर फर्किसकेका छन् ।

पहिलो पटक साफ यू २० फुटबल आयोजना भएकाले बंगलादेश र भारत दुवैले उपाधि जित्ने दावी गरेका छन् ।

बंगलादेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा भारत भने दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । आजको खेलमा बंगलादेश समूह चरणको जस्तै नतिजाका साथ उपाधि जित्ने लक्ष्यमा रहँदा भारत भने समूह चरणको हारको बदला लिँदै पहिलो संस्करणकै उपाधि घरमा राख्ने दाउँमा हुने छ ।

समूह चरणमा भेट हुँदा बंगलादेशले भारतलाई २–१ अन्तरले पराजित गरेको थियो । भारतलाई प्रतियोगिताको साविक विजेताको रुपमा पनि लिन सकिन्छ । नेपालमा सन् २०१९ मा आयोजना भएको यु–१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणको उपाधि जित्न सकेको छैन ।

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey