बर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन असफल 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१०
  • |
  • 1125 पटक हेरिएको

एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटको फाइनल पुग्न नेपाल असफल भएको छ।

समूह बीको विजेताको रुपमा समूह ए को विजेता युएईसँग प्रतिस्पर्धा गरेको थियो।

तर वर्षाका कारण खेल हुन नपाए पछि समूह चरणको नतिजाका आधारमा युएई अर्को वर्ष आयोजना हुने एसियाकपमा छनोट हुन सफल भयो।

यदि आजको खेलमा जित निकाल्न सकेको भए नेपाल फाइनलमा पुग्दै एसिया कपमा छनोट हुन सक्ने थियो।

मलेसियामा जारी प्रसितयोगिता अन्तर्ग आजको पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो। 

टस जितेर पहिला फिलिडङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा अलआउट गर्दै ८१ रनमा रोक्न सफल भयो।

नेपालका लागि अस्मिना कर्माचार्यल ५ विकेट लिँदा इन्दै बर्माले ३ तथा सिता रानामगरको नाममा २ विकेट रह्यो।

युएईका लागि युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा  ओपनर इशा रोहितले १५ रन जोड्न सफल भइन्। यसैगरी कप्तान छाया मुघलले १४ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाएनन्।  

८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि बर्षाका कारण ढिला भएको थियो।

पहिला पनि बर्षाका कारण ३० मिनेट ढिला भएको खेल अन्ततः फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दिँदा नेपाल भने अभागी सावित हुन पुग्यो।

खेल रद्द भएपनि नेपालका लागि ५ विकेट लिएकाे अस्मिना कर्माचार्य प्लेयर अफ दी म्याच बनिन्।
 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey