च्याम्पियन्स लिग: वार्यन बाहिरिंदा भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

  • Image नेप्लेज
  • ३० चैत्र २०७८, बुधवार
  • 1179 पटक हेरिएको
च्याम्पियन्स लिग: वार्यन बाहिरिंदा भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

स्यामुयल चुक्वेजले अन्तिम समयमा बराबरी गोल फर्काएपछि १६ वर्षपछि भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा वार्यन म्युनिखले सुरुवाती अग्रताका बाबजुत दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेपछि समग्रमा २-१ ले पराजित हुँदै क्वाटरफाइनलमानै आफ्नो यात्रा अन्त गर्न बाध्य भयो।

उनई एमरीको प्रशिक्षणमा रहेको भिल्लारियलले पहिलो लेग १-० ले आफ्नो पक्षमा पारेको थियो। तर दोस्रो लेगमा पुरै दबाबमा राखेको वार्यनले गोलको डेड लक ५२ औं मिनेटमा तोड्दै दोस्रो लेगमा सुरुवाती अग्रता बनायो।

रोवर्ट लेवान्डोस्कीले एलियन्ज एरेनामा घरेलु समर्थकलाई सुरुवाती खुसि दिएपनि ८८ औं मिनेटमा चुक्वेजले गोल गर्दै वार्यनलाई स्तब्ध बनाए। खेलमा वार्यनले ६८ प्रतिशत पोसेसन राख्दै २३ सट प्रहार गरेको थियो भने ४ सट टार्गेटमा राखेपनि १ मात्र गोल गर्न सफल भयो।

एकमात्र सट टार्गेटमा राखेको भिल्लारियलले सोहि सटलाई गोलमा परिणत गर्दा भिल्लारियलले १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गर्योा।

ला लिगामा ७ औं स्थानमा रहेको भिल्लारियलको सनसनिपुर्ण प्रदर्शन सँगै अब सेमिफाइनलमा लिभरपुल र बेनिफिकाबिचको विजेतासँग प्रतिस्पर्धा हुने छ।