खेलाडीकाे वर्गिकरणमा क्यान लचक, साेमपाल ए श्रेणीमा
-
नेप्लेज
- |
- २०७८-१०-१३
- |
- 3087 पटक हेरिएको
नेपाल क्रिकेट संघ क्यानले सन् २०२२ को नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । रुपन्देहीमा विहीबार बसेको क्यानको बोर्ड बैठकले महिला र पुरुष दुवै तर्फका नयाँ बर्गिकरण सार्वजनिक गरेको हो । पुरुष र महिला दुवै तर्फ १८ जना खेलाडीलाई बर्गिकरण गरेको छ ।
पुरुष तर्फ ग्रेड ए मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन् ।
क्यानको बार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा
यसैगरी ग्रेड बीमा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अनिवास वोहोरा र विनोद भण्डारी रहेका छन् । यस्तै ग्रेड सीमा कुमल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
महिलातर्फ ग्रेड ए मा रुविना क्षत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् । यसैगरी ग्रेड बीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे रहेका छन् । यसैगरी समूह सी मा डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल रहेका छन् ।
क्यानले बर्गिकरणको सूची जारी गरेसँगै यसअघि खेलाडीले जनाउँदै आएको असहमति पछि गरिएको कारबाही पनि फिर्ता भएको छ । यसअघि ग्रेड बीमा सोमपाललाई राखिएको भन्दै असन्तुष्टि बढेको थियो । त्यो सच्याउँद यस पटक सोमपाललाई ग्रेड ए मा राखिएको छ ।
