आहा रारा गोल्डकप, पहिलो हाफमा धरानबिरुद्ध पुलिस १-० ले अगाडी
- नेप्लेज
- |
- २०७४-१०-१८
- |
- 492 पटक हेरिएको
माघ १८, कास्की । १६औं आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले धरान फुटबल क्लव र नेपाल पुलिस क्लव प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा रंगशालामा जारी खेलको २२औं मिनेटमा पुलिसले पेनाल्टी गोलमार्फत १–० को अग्रता लिएको छ ।
धरानका रोमन लिम्बुले पुलिसका रवि पासवानलाई डिबक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो । पेनाल्टीमा पुलिसका सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।
धरानका खेलाडीहरु रेफ्रिको निर्णयप्रति असन्तुष्ट देखिएका छन् ।