बल हाेल्ड गर्न नसक्दा हार्नुपर्याे-कुमार थापा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०५
  • |
  • 1951 पटक हेरिएको

हाइलाइट्स

  • एपीएफले दुई पटक पछि परेको अवस्थामा खेल बराबरी गरेपनि अन्तिममा गोल खाँदा सिजनको पहिलो खेलमा नै हार ब्यहोर्नुपर्यो ।

सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्याइजमाथि रोमाञ्चक तीन दुईको जित निकालेको छ ।

एपीएफले दुई पटक पछि परेको अवस्थामा खेल बराबरी गरेपनि अन्तिममा गोल खाँदा सिजनको पहिलो खेलमा नै हार ब्यहोर्नुपर्यो ।

यो हारले ब्रिगेड ब्याइजलाई सुखद सुरुवात गर्ने मौका मिल्यो भने एपीएफलाई पहिलो खेलमा नै धक्का लाग्यो । 

खेलपछि दुबै टिमका प्रशिक्षकले के भने । एपीएफका प्रशिक्षक कुमार थापाले याेजनाअनुसार खेल्न नसकेकाे बताए। मिडफिल्डमा धेरैभन्दा धेरै बल हाेल्ड गर्नुपर्ने थियाे, त्यहाँ हामी चुक्यौं । गाेल राेक्न पनि सकेनाैं । राेक्न सक्ने गाेलहरु पनि खान पुग्यौं । लिगमा धेरै खेलहरु खेल्न बाँकी छ । सुधार गर्दै जानेछाैं ।

यस्तै बिग्रेड ब्याइजका प्रशिक्षक सनाेज श्रेष्ठले एपीएफसँगकाे पहिलाे खेल प्रतिस्पर्धात्मक रह्याे । पहिलाे खेलमै जित हाम्राे लागि महत्वपूर्ण थियाे । दुवैले उत्तिकै राम्रो प्रदर्शन गरे । नतिजा हाम्रो पक्षमा आयाे, यसले हाम्राे मनाेवल उच्च बनाएको छ । हाम्राे 'म्यान मार्किङ'मा कमजाेरी रहेकाले गाेल खानुपरेकाे थियाे । यसमा सुधार गर्नुपर्ने हुन्छ ।

दुबै टिमका प्रशिक्षक पाेष्टम्याचमा के भने

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey