एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-२८
  • |
  • 1708 पटक हेरिएको

धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ । 

विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको इन्स्योरेन्स पार्टनरको रुपमा सुनधारा काठमाडौमा प्रधान कार्यालय रहेको अजोड इन्स्योरेन्स रहने भएको हो।

प्रतियोगितामा इन्स्योरेन्स  पार्टनरका रूपमा रहने गरी अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्री र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही बिच  सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey