यु १९ खेल्ने दाङका खेलाडी लमहीमा अलपत्र !

  • Image नेप्लेज
  • २७ कार्तिक २०७८, शनिवार
  • 12441 पटक हेरिएको
यु १९ खेल्ने दाङका खेलाडी लमहीमा अलपत्र !

नेपाल क्रिकेट संघ क्यानले उमेर समूहको प्रतियोगिता आयोजना गर्दै छ । चौधरी ग्रुपको वाइ वाइसँगको सहकार्यमा सात प्रदेशका उमेर समूह टिम यु १९ का खेलाडीहरुको प्रतियोगिता काठमाडौंमा गर्ने छ ।

मंसिर ७ गतेदेखि प्रतियोगिता गर्ने घोषणा पनि भइसकेको छ । अहिले प्रदेश प्रदेशमा खेलाडी छनोट प्रतियोगिताहरु पनि शुरु भएका छन् । लुम्बिनी प्रदेशको छनोट खेल आइतबारदेखि शुरु हुने छ । लुम्बिनी प्रदेशका खेलहरु दुई ठाउँमा हुने छन् । दाङ, बाँके, बर्दिया र पाल्पाको छनोट खेलहरु लमहीमा शुरु हुने छ । पहिलो दिन दाङ र बर्दियाबीच प्रतियोगिता हुने छ । 

नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि तयारी स्वरुप ६० हजार रुपैयाँ दिएको थियो । तर प्रतियोगिता हुने जिल्लाका लागि आवत जावत गर्नका लागि पैसा दिएको छैन ।

No description available.

आफ्नै जिल्लामा प्रतियोगिता हुँदा के को खर्च घरबाट खेलाडी आइहाल्छन् खेलेर गइहाल्छन् भन्ने मानसिकता रहेका कारण अहिले दाङका खेलाडीहरुले दुःख पाएको खबर सार्वजनिक भएको छ । लमहीमा प्रतियोगिता भए पनि खेलाडीहरु घोराही र तुलसीपुरका धेरै छन् । साथ साथै कर्णाली प्रदेशको सल्यान जिल्लासँग जोडिएको पश्चिम दाङबाट पनि खेलाडीहरु रहेकाले प्रतियोगिताकै दिन उनीहरु लमही पुग्न अप्ठेरो हुन्छ ।

त्यसैले उनीहरु एक दिन अगाडि लमही गएर बस्नु पर्ने बाध्यता छ । तर क्यानको प्रदेश कमिटीले दाङलाई बजेट नदिँदा खेलाडीहरु लमहीमा अलपत्र परे ।

 No description available.

पछि भनसुन गरेपछि क्यानको प्रदेश कमिटीले दाङका खेलाडीहरुलाई होटेलमा राख्ने व्यवस्था मिलाएको जनाइएको छ । यदि प्रदेश कमिटीले खेलाडीहरुले खाए बसेको खर्च नतरिदिएमा कसले तिर्ने भन्ने अन्योलता सृजना हुने छ ।

दाङ टिमका म्यानेजर बालकृष्ण खत्रीले खेलाडीहरुले केही बेर दुःख पाएको बताउँदै अहिले प्रदेश समितिसँग समन्व्य गरेर खेलाडीहरुलाई होटेलमा राखिएको नेप्लेजलाई बताए । 

दाङको टिम : 
विसम थापा (कप्तान तथा विकेट किपर) 
आशिष वली (उपकप्तान)
विराट सिंह भण्डारी 
तुलबहादुर थापा 
कमल वली
सन्देश कुमार पाण्डे 
शिशिर डाँगी
प्रभाकर कंवर
विरबहादुर घर्ती
रामबरण यादव  
मनोज पुन 
आयुष वली 
करण घर्तीमगर 
अंकित वुढा मगर 
बैकल्पिक खेलाडी 
सुरज खनाल 
रोहित डाँगी 
मिलन बिसी 
प्रशिक्षक : सन्जु क्षेत्री 
व्यवस्थापक : बालकृष्ण खत्री  

सम्बन्धित खबर