उपाधिका लागि हटिया स्पोर्टस एकेडेमी र विनयवावु स्मृतिबीच प्रतिस्पर्धा हुने

Kelmi

  • |
  • २०७८-०७-२७
  • |
  • 621 पटक हेरिएको

हेटौंडा उपमहानगरपालीका वडा नम्बर १७ मा जारी छैठौं संस्करणकाे स्व. केशवलाल स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगीताकाे उपाधिका लागि हटिया स्पोर्टस एकेडेमी र विनयवावु स्मृतिबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

शनिबार भएकाे सेमिफाइनलमा हटियाले आग्रा स्पाेर्टस क्लबलाई र विनयवावुले तपाेवन १९ लाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा विनयवावु स्मृतिले तपोवन-१९लाई ३-० को सेटमा पराजित गरेको थियाे । शनिबार नै भएकाे दोस्रो सेमिफाइनल खेलमा हटिया स्पोर्टस एकेडेमीले आग्रा स्पोर्टस क्लबलाई ३-२ को सेटमा पराजित गरेको छ ।

कुल १३ टिमको सहभागितामा आयोजना हुन लागेको प्रतियोगितामा उपाधी विजेता टिमले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक कमल बिडारीले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey