स्पेनीस ला लिगामा एट्लेटिको मड्रिडले भ्यालेन्सियासँग तीन तीन गाेलकाे बराबरीमा रोकिएको छ । यो बराबरीपछि उसले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमायो ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले दुई गोलको अग्रतालाई जोगाउन सकेन ।
खेलको अन्तिममा लगातार दुई गोल खाँदा एट्लेटिको बराबरीमा चित्त बुझाउन बाध्य भयो । एट्लेटिकोका लागि लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान र सिमले एक एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा लुइस स्वारेजको गोलमा एट्लेटिकोले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एट्लेटिकोका साभिकले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले खेल एक एक गोलको अवस्थामा पुगेको थियो ।
तर ५८ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि एट्लेटिकोले खेल दुई एकमा पुर्यायो । ६० औं मिनेटमा सिमले गोल गरेपछि एट्लेटिकोले तीन एकको अग्रता बनायो ।
९० औं मिनेटमा भ्यालेन्सियाका हुगो डुरोले गोल गरेपछि खेल तीन दुईको अवस्थामा पुगेको थियो । तर इन्जुरी समयमा हुगोले ब्यक्तिगत दोस्रो गोल गरेपछि खेल तीन तीनको बराबरीमा पुर्यायो । एट्लेटिकोले इन्जुरी समयमा खेल सम्हाल्न नसक्दा बराबरीमा चित्त बुझायो ।
यो बराबरीपछि एट्लेटिकोले १२ खेलमा २३ अंक बनाएको छ ।