टी २० विश्वकपमा इंग्ल्याण्डका अम्पायर माइकल गा ले बायो बबलको नियम उलघंन गरेपछि आइसीसीको प्रतिबन्धमा परेका छन ।
उनले आइसीसीले बनाएको बायो बबलको नियमलाई उलघंन गर्दै साथीलाई भेट्न गएका थिए । यो थाहा पाएपछि उनलाई ६ दिन आइसोलेसनमा पठाइएको छ । त्यसपछि उनको कोरोना परिक्षण हुनेछ ।
त्यसपछि उनको रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्र उनले आफ्नो काममा फर्कन पाउनेछन ।
उनी बायो बबल तोडेर विना अनुमती बाहिरको साथीहरुलाई भेट्न गएका थिए । द मिररका अनुसार आइसीसीका प्रवक्ताले माइकलले कोभिडको बायोबबल तोडेका कारण ६ दिन क्वारेन्टिनमा बस्न भएको छ ।
नियमित तालिका अनुसार उनले आइतबार भएको भारत र न्युजिल्याण्डविचको खेलमा अम्पायरिङ गर्नुपर्ने थियो । तर उनको स्थानमा मराइस एरास्मसले खेलाएका थिए ।
माइकल हाल होटेलमा नै क्वारेन्टिनमा रहेका छन । उनको हरेक दुई दिनमा कोभिड परिक्षण भइरहेको छ । यो पटकको विश्वकप पनि कोभिडका कारण भारतबाट यूएईमा सकेको हो ।