यू-२३ एशियन कप छनाेटका लागि २३ खेलाडीकाे अन्तिम टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०१
  • |
  • 3017 पटक हेरिएको

हाइलाइट्स

  • यू २३ टिममा सिनियर टिमबाट खेलेका ६ खेलाडी रहेका छन ।

एएफसी यू २३ एसियन कप छनोटका लागि नेपाली टिमको घोषणा भएको छ । टिमका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिममा २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन । 

यू २३ टिममा साफ च्याम्पियनसिप खेलकाे टिमबाट खेलेका ६ खेलाडी रहेका छन । जसमा सुमन अर्याल, गौतम श्रेष्ठ, सुरज जिउ ठकुरी, आयुष घलान र नितिन थापा छन । यस्तै मनिष डाँगीपनि टिममा छन । 

यस्तै टिममा गोलकिपरमा अर्पण कार्की, विशाल सुनार, अभिषेक रिजाल छन भने डिफेन्समा शिब गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, सुमन अर्याल र गौतम श्रेष्ठ छन ।

डफिल्डमा सुरज जिउ ठकुरी, नितिन थापा, आयुष घलान, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी र शिशिर लेखी छन । 

स्ट्राइकरमा मनिषसँगै अभिषेक रिजाल, दर्शन गुरुङ र रितिक कुमार खड्का छन । 

छनोट प्रतियोगिताको समुह बी मा रहेको नेपाली टिमले ताजिकिस्तान, लेबनान, इरानसँग खेल्नेछ । जसमा समुह चरणको पहिलो खेलमा नेपालले इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने समुहको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ । 

छनोट चरणमा कुल ११ समुह छुट्याइएको छ । जसको शिर्ष स्थानमा रहने टिमले यू-२३ को एसियन कपमा स्थान बनाउनेछ । दोस्रो स्थानमा रहेन उत्कृष्ट चार टिमले पनि फाइनल चरणमा स्थान बनाउनेछन । नेपाली टिम मंगलबार उज्वेकिस्तान प्रस्थान गर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal