महिला टिमकाे बन्द प्रशिक्षणमा २४ खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-३०
  • |
  • 793 पटक हेरिएको

नेपाल क्रिकेट संघले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएकाे छ । 

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले शनिबार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।

क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट सुरु हुने जनाएको छ । बन्द प्रशिक्षण काठमाडौंमा हुनेछ । मलेसियामा हुने भनिएकाे प्रतियाेगिता अब युएईमा नाेभेम्बरमा हुनेछ । 

प्रशिक्षणमा रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी छन् ।

यस्तै अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम,  रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey