साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-३०
  • |
  • 849 पटक हेरिएको

हाइलाइट्स

  • खेल राति पाैने ९ बजेदेखि शुरुहुने छ ।

साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा हुने छ ।

साफ च्याम्पियनसिपको २८ बर्षको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ भने भारत अहिलेसम्म सात पटक उपाधि जितेको छ भने ११ पटक फाइनलमा पुगेको टिम हो ।

नेपाल र भारत अहिलेसम्म २० पटक आमने सामने हुँदा नेपालले तीन पटक मात्रै बाजी मारेको छ । नेपाल र भारतसमूह चरणमा भिड्दा अन्तिम समयमा नेपालविरुद्ध गोल गर्दै भारतले बाजी मारेको थियो । समूह चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गर्दा भारतसँग पराजय भोगेको थियो भने अन्तिम खेलमा बंग्लादेशसँग एक एक गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।

'साफको फाइनलमा गोर्खाली पारामा जित्ने लक्ष्यका साथ खेल्छौ'-किरण चेम्जाेङ

उता भारतले बंग्लादेश र श्रीलंकासँग बराबरी खेल्दा नेपाल र माल्दिभ्सलाई पराजित गर्दै शीर्ष स्थानका साथ फाइनलमा स्थान पक्का गरेको थियो ।
आजको खेलमा नेपालले जित निकाल्दै समूह चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रने छ । नेपाली टिमका कप्तान किरण चेम्जाङले भारतविरुद्ध जित निकाल्न गोर्खाली पारामा खेल्ने प्रतिक्रिया दिएका छन् । नेपाली टिममा आज अञ्जन विष्ट हुने छैन्न् । पछिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका अञ्जनले फाइनल खेल गुमाउने छन् ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचसँगै अरु दुई खेलाडी पनि हुने छैनन् । माल्दिभ्सविरुद्धको खेलमा प्रशिक्षक इगोरले रातो कार्ड पाएका थिए । जसका कारण उनी नेपालविरुद्धको खेलमा भारतीय टच लाइनमा हुने छैनन् । यसैगरी भारतका दुई खेलाडी सुभासिस बोस र फारुख चौधरीपनि फाइनलमा टिमसँग हुने छैनन् ।

'नेपाललाई जित्न सजिलाे छैन'-सहायक प्रशिक्षक बैंकटेस

फारुखले चोट बोकेका छन् । उनको पासमा नै लिग चरणमा भारतले नेपालविरुद्ध गोल खाएको थियो । सुभासिसले दोहोरो पहेँलो कार्ड पाएका कारण फाइनलमा टिम बाहिर हुनेछन् । 

नेपाली टिमका लागि भारतीय कप्तान सुनील क्षेत्री नै मुख्य चुनौती हुनेछन् । फाइनलमा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुवाती ११ मा केहि परिवर्तन गर्ने संभावना छ । उनले अञ्जनको स्थानमा सुमन लामा वा मनिष डाँगीलाई सुरुवाती ११ मा उतार्ने संभावना छ ।

साफमा इतिहास रच्ने अवसरबाट नेपाल एक कदम पर, सबै समर्थकको नजर शनिबारको खेलमा


#साफ च्याम्पियनसिप

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey