'नेपाललाई जित्न सजिलाे छैन'-सहायक प्रशिक्षक बैंकटेस

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२९
  • |
  • 2965 पटक हेरिएको

हाइलाइट्स

  • प्रि म्याच कन्फ्रेन्समा बोल्दै उनले नेपाली टिम राम्रो प्रतिस्पर्धा दिने टिम भएको र भारत नेपालविरुद्ध खेल्नका लागि तयार रहेको बताए ।

भारतीय फुटबल टिमका सहायक प्रशिक्षक सनमुगम बैंकटेसले शनिबार हुने साफ च्याम्पियनसिपको फाइनल जित्न सजिलो नहुने बताएका छन । उनले नेपाली टिम राम्रो रहेको र उसलाई हराउन भारतका लागि सोचेको जस्तो सजिलो नहुने धारणा राखे । 

प्रि म्याच कन्फ्रेन्समा बोल्दै उनले नेपाली टिम राम्रो प्रतिस्पर्धा दिने टिम भएको र भारत नेपालविरुद्ध खेल्नका लागि तयार रहेको बताए ।

नेपालले अघिल्लो खेलमा निकालेको नतिजाका कारण उच्च मनोबलमा रहेको र यो खेल भारतका लागि सजिलो नहुने बताए । यसका साथै भारतले सबै विपक्षीलाई सम्मान गर्ने र भारत टिम जित्नका लागि खेल्ने बताए । 

साथै उनले फाइनलमा नयाँ टिम हुने र आफुहरु आफ्नो टिममा मात्र फोकस भएको बताए । सुरुवाती दुई खेलमा राम्रो गर्न नसकेपनि पछिल्ला दुई खेलमा आफ्नो कमजोरीलाई साइड लगाएर राम्रो गरेको र टिमका लागि सुनील क्षेत्री महत्वपुर्ण खेलाडी रहेको तर खेलका लागि सबै खेलाडी उतिकै महत्वपुर्ण रहेको बताए । 

यस्तै उनले फाइनलमा टिम स्प्रिटका साथ खेल्ने बताए । यस्तै टिमका एक सदस्यले सुरुवाती दुई खेलमा राम्रो गर्न नसक्दै खेलाडी निराश भएको तर त्यसपछि कमब्याक गरेर फाइनलमा पुगेको र उपाधि जित्न अब सबैथोक लगाउने बताए । 

भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमक माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएकाले फाइनलमा हुने छैनन् । त्यसैले पनि उनी प्रिम्याचमा उपस्थित भएका थिएनन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey