'साफको फाइनलमा गोर्खाली पारामा जित्ने लक्ष्यका साथ खेल्छौ'-किरण चेम्जाेङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२९
  • |
  • 1622 पटक हेरिएको

हाइलाइट्स

  • पहिलो पटक साफको फाइनलमा पुगेको नेपालले बलियो टिम भारतविरुद्ध जित निकालेर नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ । जसका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन । 

साफ च्याम्पियनसिपको फाइनलका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन । यसका साथै नेपाली टिमका कप्तान किरण चेम्जोङले फाइनलमा नेपालले गोर्खाली पाराले खेल्ने बताए । 

पहिलो पटक साफको फाइनलमा पुगेको नेपालले बलियो टिम भारतविरुद्ध जित निकालेर नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ । जसका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन । 

उनले भर्चुअलबाट आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिम शारिरीक र मानसिक रुपमा तयार रहेको, तर अघिल्लो खेलमा वार्मअपका बेला घाइत भएका पुजन उपरकोटी खेल्ने नखेल्ने एकिन नभएको बताए । उनको अवस्था ठिक हुँदै गएपनि शनिबार मैदानमा उत्रने बारेमा एकिन भन्न नसक्ने धारणा राखे । 

किरण श्रेष्ठले भने–साफको फाइनल बिग म्याच हो, सजिलो हुनेछैन, गाहे हुनेछ, फोकस छौं, ठूलो संकल्पका साथ खेल्नेछौ । भारतविरुद्ध पहिले भएका पहिलोको गल्ति सच्याएर सुधारेर खेल्ने बताए । 
यस्तै उनले पुजन खेल्न नखेल्ने शनिबार नै थाहा हुने र उनको अझैपनि उपचार भइरहेको बताए । उनले पहिलो जतिपनि भारतसँग खेलेको थियो पास्ट इज पाष्ट, त्यो बेला भएका गल्तिलाई सुधारेर र नतिजालाई विर्सिएर अब नयाँ रणनितीका साथ खेल्ने बताए । डिफेन्स, फरवार्ड र गोल स्कोर गर्ने मौकालाई पनि सदुपयोग गर्ने बताए । टिमको मनोबल उच्च रहेको र सबै खेलाडी ओभर कन्फिडेन्समा नभएको बताए । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सट्टा पत्रकार सम्मेलनमा उपस्थित भएका किरणले भारत बलियो दावेदार भएपनि आफुहरु इतिहास रच्नका लागि खेल्ने बताए । 

यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमीमा इतिहास बनाउने लक्ष्यमा रहेको र फाइनलमा गोर्खाली पाराले खेल्ने बताए । उनले फाइनलमा शतप्रतिशत दिएर खेल्ने र त्यसका लागि तयार रहेको धारणा राखे । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey