प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटनहममाथि तीन एकको जित निकाल्यो । आर्सनलको प्रिमियर लिगमा यो लगातार तेस्रो जित हो । यता टोटनहमको प्रिमियर लिगमा लगातार तेस्रो हार हो ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले खेलको १२ औं मिनेटमा नै अग्रता लियो । उसका लागि साकाको पासमा स्मिथ रोविले गोल गरे ।
त्यसपछि २७ औं मिनेटमा स्मिथ रोविको पासमा पिएरी अबामयाङले गोल गरे । ३४ औं मिनेटमा साका आफैले गोल गरेपछि आर्सनल पहिलो हाफमा तीन शुन्यले अगाडी रह्यो । यो विचमा आर्सनलले ६ वटा पोष्ट एटेम्ट गर्दा चार फ्रेममा रहेको थियो भने तीन गोल भए ।
पहिलो हाफमा नै तीन गोलले पछि परेको टोटनहमले ७९ औं मिनेटमा एक गोल फर्कायो । उसका लागि सन ह्युङ मिङले गोल गरे । त्यो अगाडी ६१ औं मिनेटमा हेरी केनको उत्कृष्ट प्रहारलाई आर्सनलका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
यस्तै ६३ औं मिनेटमा फेरी हेरी केनले अर्को राम्रो मौका पाएको थियो । तर यो पटकपनि उनले त्यसलाई आत्मसाथ गर्न सकेनन् ।
त्यसपछि पनि दुबै टिमले केहि मौका पाएको थियो । तर गोल थप्न सकेनन् । यो जितपछि आर्सनलले पाँच खेलमा नौ अंक बनाएको छ । टोटनहमको पनि ६ खेलमा नौं अंक नै छ ।
प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलमा १४ अंक छ ।