नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको हारपछि ब्याटिङ नै मुख्य कारण रहेको बताएका छन । उनले एकदिसिय क्रिकेटमा दुई सय २० भन्दामाथिको स्कोर गरेको खण्डमा मात्र त्यसको डिफेन्ड गर्न सजिलो हुने तर, अमेरिकाविरुद्ध नेपाली खेलाडीले त्यो गर्न नसकेको बताए ।
साथै उनले हार्नुको मुख्य कारण ब्याटिङ भएपनि त्यसपछि फिल्डिङमा पनि केहि कमजोरी भएको बताए । साथै उनले अमेरिकाविरुद्ध सुरुवातमा ब्याटिङ गर्दा केहि दबाव खेपेको र चाहिने बेला साझेदारी नभएको बताए ।
उनले आजको खेलमा सबै पक्षमा केहि कमजोरी देखिएको बताए । उनले अन्तिम खेलमा ओमानसँग जितेर घर फर्किने समेत धारणा राखेका छन । उनले प्रशिक्षक डेभ ह्वाटमोरको पनि अन्तिम खेल भएकाले उनको बिदाईलाई पनि सुखद बनाउने योजना रहेको बताए ।
उनले ओमानी भूमीमा सबै खेल जित्ने लक्ष्यका साथ आएको भएपनि दुई खेल हारेको, तर अन्तिम खेलमा ओमानलाई पराजित गरेर सुखद नजिता निकाल्नेमा विश्वास ब्यक्त गरे ।
अमेरिकासँगकाे हारपछि कप्तान ज्ञानेन्द्रकाे भनाई