इटालीयन सिरी ए मा एसी मिलानले लाजियोमाथि दुई शुन्यको जित निकाल्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा एसी मिलानको जितमा राफेल लियो र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे । दुबैले रेबिकको पासमा गोल गरेका थिए ।
खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै टिमका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एसी मिलानले दोस्रो हाफमा एक गोल थप्यो ।
यसपटक उसका लागि ज्लाटनले गोल गर्न सफल भए । उनले राबिकको पासमा नै गोल गरेका थिए ।
यो जितपछि एसी मिलानले तीन खेलमा लगातार तीन जित निकाल्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसका नौ अंक भएको छ ।
दोस्रो स्थानको नापोलीको पनि तीन खेलमा नौ अंक नै छ । तर गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ ।