पदक जित्न नसकेकोमा माफी माग्दै पलेशाले भनिन्-'पाराका खेलाडीलाई पनि प्राथमिकतामा राख्नुपर्छ'

-
नेप्लेज
- |
- २०७८-०५-२०
- |
- 1647 पटक हेरिएको
हाइलाइट्स
- उनले टोकियो पारालिम्पिकका लागि नेपालको तयारी नपुगेको हुनसक्ने बताइन । तर उनले यो पटकको सहभागितालाई राम्रो अनुभवका रुपमा लिएकी छिन । उनले भविष्यमा अझ राम्रो गर्ने बताइन ।
टोकियो पारालिम्पिकमा काश्यपदक जित्नबाट झिनो अन्तरले बञ्चित भएकी तेक्वान्दोकी पलेशा गावर्धनलाई नेपालमा स्वागत गरिएको छ ।
वाइल्डकार्डबाट टोकियो पारालिम्पिक खेल्न गएकी पलेशालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो । विमानस्थलमा बोल्ने उनले पदक जित्न नसकेकोमा निकै दुःख लागेको बताइन । उनले आफुले पदक जित्न नसकेकोमा सबैलाई माफीपनि मागेकी छिन ।
यस्तै उनले टोकियो पारालिम्पिकका लागि नेपालको तयारी नपुगेको हुनसक्ने बताइन । तर उनले यो पटकको सहभागितालाई राम्रो अनुभवका रुपमा लिएकी छिन । उनले भविष्यमा अझ राम्रो गर्ने बताइन ।
अब पाराका खेलाडीहरुपनि अगाडी आउनुपर्ने धारणा राखिन । यसका साथै यो खेललाई पनि प्राथमिकतामा राख्नुपर्ने बेला आएको बताइन ।
पलेशासहित पूर्व ओलम्पियन दिपक बिष्ट र उनका प्रशिक्षकलाई फुलमाला सहित स्वागत गरिएको थियो ।
रिपिचेजको फाइनलमा चीनकी युजी लिसँग १२–९ ले पराजित हुँदै पलेशाले नेपालका लागि ऐतिसाहिक पदक दिलाउन असफल भएकी हुन् ।
पहिलो खेलमा बेलायतकी बेथ मुन्रोसँग २१–८ ले पराजित भएकी पलेशाले क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियन्न सालिनारालाई १०–० ले हराएकी थिइन् ।
सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई पराजित गर्दै पलेशाले फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी थिइन् ।
४४ क्याटागोरीको महिला ५८ केजीमुनि तौलसमुहमको रिपिचेजको फाइनलमा युजीसँग पराजित हुँदै उनी काश्य जित्नबाट बन्चित भएकी हुन् ।
उनलाई बिमानस्थलमा पारा तेक्वान्दो कमिटीका अध्यक्ष कसिम मिया, पलेशाको परिवारका सदस्य, राष्ट्रिय तेक्वान्दो खेलाडीहरुले स्वागत गरेका थिए ।