पारालम्पिकमा सहभागी हुने टोली टोकियो प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-०४
  • |
  • 1341 पटक हेरिएको

मंगलबारदेखि शुरु हुने पारालाम्पिकमा सहभागि हुने नेपाली टोली शुक्रबार जापान प्रस्थान गरेको छ ।

टोकियो पारालाम्पिकमा नेपालले तेक्वान्दोमा सहभागिता जनाउने छ । त्यसका लागि नेपालबाट तोक्वान्दो खेलाडी पलेशा गोबद्धनले सहभागिता जनाउने छिन् ।

पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । पारालाम्पिकमा पलेशा खेलाडीको रुपमा सहभागिता जनाउँदा प्रशिक्षकको रुपमा कविराज नेगी रहेका छन् ।

सरोज श्रेष्ठ सेफ दी मिसन डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरको रुपमा टोकियो प्रस्थान गरेका छन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाहुँदै जापान पुग्ने छन् ।

सात दिन देखिको पीसीआर रिपोर्ट पठाइ रहेका उनीहरु टोकियोमा तीन दिन क्वारेन्टिन बस्नु पर्ने छ । नेपाली टोली सेप्टेम्बर चार तारिखमा स्वदेश फिर्ता हुने जनाइएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey