चेतन घिमिरे महिला फुटबल टिमको सहायक प्रशिक्षकमा चयन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०४
  • |
  • 3481 पटक हेरिएको

हाइलाइट्स


  • आसन्न एएफसी महिला एशियन च्याम्पियनसिपको तयारी सुरु गरेको टिमको सहायक प्रशिक्षकमा चेतन चयन भएका हुन । 

अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मा चेतन घिमिरेलाई दिएको छ ।

आसन्न एएफसी महिला एशियन च्याम्पियनसिपको तयारी सुरु गरेको टिमको सहायक प्रशिक्षकमा चेतन चयन भएका हुन । 

मुख्य प्रशिक्षक ग्यारीको अन्डर उनले महिला टिमको सहायक प्रशिक्षकमा रुपमा काम गर्नेछन । नेपालले सो च्याम्पियनसिप अन्तर्गत समुह एफमा फिलिपिन्स र हङकङसँग भदौं २८ देखि असोज नौ गतेसम्म घरेलु मैदानमा खेल्ने तालिका छन । 

जसका लागि पहिलो चरणमा ४५ खेलाडी क्याम्पमा राखिएको छ । यो समुहको शिर्ष स्थानमा रहेको टिमले भारतमा अर्को बर्ष हुने एशियन कप खेल्नेछ । 

नेपाली राष्ट्रिय महिला टिमले चरणबद्ध रुपमा टिमलाई घटाउनेछ । नेपाल पुलिस क्लवबाट ब्यवसायीक फुटबल खेलेका चेतन पहिलो पटक सहायक प्रशिक्षक बनेका हुन ।

सन् २००९ मा राष्ट्रिय टिममा परेका चेतनले चोटका कारण धेरै लामो समय टिमबाट खेल्न पाएनन् । सन् २०१३ मा आर्मीविरुद्धको खेलमा घुँडाको चोट बोकेपछि उनको खेलाडी करियर सकिएको थियो ।

उनको मुख्य खेल सन् २०१४ का एएफसी च्यालेञ्ज कप छनौट रहेको छ । जसमा उनले नर्दन मारियाना आइल्याण्ड्ससँग खेलेका थिए । उनले सो खेलमा ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । जसमा उनको जर्सी नम्वर ४४ राखेको थियो । 

यो प्रतियोगिताका खेल्न अगाडी नेपाली महिला टिमले विदेशी टिमसँग मैत्रीपुर्ण खेल खेल्ने संभावना रहेको छ । जसका लागि एन्फाले विभिन्न देशसँग कुरा गरिरहेको छ ।

च्याम्पियनसिपको तयारीका रुपमा सो मैत्रीपुर्ण खेल कहाँ खेल्ने भन्ने टुंगो भने लागिसकेको छैन । तर आफु भन्दा बलियो टिमसँग मैत्रीपुर्ण खेल खेलाउने एन्फाको योजना छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey