धवनकाे उत्कृष्ट प्रदर्शन श्रीलंकाविरुद्ध भारत ७ विकेटले विजयी

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०३
  • |
  • 1506 पटक हेरिएको

श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत फराकिलो अन्तरले विजयी भएको छ । श्रीलंकाविरुद्ध ‘बी’ टिम खेलेको भारतले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेटको जित निकालेको हो । 


श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छदैं तीन विकेट गुमाएर पुरा गरेको थियो । 
पहिलो टिम इंग्ल्याण्डसँगको टेस्ट सिरिजका लागि रहेकाले यतिबेला श्रीलंका भ्रमणमा शिखर धवनको कप्तानीमा दोस्रो टिम गएको छ । यसैगरी राहुल द्रविडले यतिबेला टिमको प्रशिक्षण पनि सम्हालेका छन् । 


श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो । उसका लागि चामिका करुणारत्नेले सर्वाधिक ४३ रन बनाउँदा नव नियुक्त कप्तान दाशुन सनकाले ३९ रन बनाए । चरिथा अस्लंकाले ३८ रन बनाउँदा आविश्का फर्नान्डोको ब्याटबाट ३३ रन बनेको थियो । भानुका राजपाक्षले २४ रन बनाएका थिए । भारतका दीपक चहार, युजबेन्द्र चहल र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए । 


२६३ रनको लक्ष्य पछ्याएको भारतको शुरुआत मध्यम रहेको थियो । पहिलो विकेटका लागि पहिलो विकेटका लागि पृथ्वी सा र शिखर धवनले ५८ रनको साझेदारी गरेका थिए । सा ४३ रनमा आउट भएपछि भारतले पहिलो विकेट गुमाएको थियो । धवन र इशान किसनले मिलेर भारतको पारि अघि बढाएका थिए । उनीहरुले ८५ रनको साझेदारी गर्दै भारतलाई जित तर्फ अग्रसर बनाएका थिए ।

किसन ५९ रन बनाएर आउट हुँदा भारतको स्कोर २–१४३ को अवस्थामा रहेको थियो । धवन र मनिष पाण्डेले टिमको  स्कोर २०० प्लस बनाएका थिए । २१५ रन भएका बेला मनिष व्यक्तिगत २६ रन बनाएर आउट भएका थिए । अन्तिम सम्म क्रिजमा रहेका कप्तान धवन ८६ रनमा नटआउट रहे । सूर्यकुमार यादवले पनि ३१ रनमा नआउट रहँदा भारतले खेल जितेको थियो । धनञ्जय डी सिल्भाले दुई विकेट लिएका थिए । यो जितसँगै तीन वटा एक दिवसीय म्याचमा भारतले १–० ले अग्रता बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey