जिरूडले एसी मिलानमा ९ नम्बर जर्सी लगाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०२
  • |
  • 805 पटक हेरिएको

हाइलाइट्स


  • फ्रेन्च स्ट्राइकर जिरुडले चेल्सीबाट युरोपा लिग, एफ ए कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

दुई मिलियन पाउण्डमा चेल्सीबाट एसी मिलानमा अनुबन्ध भएका भेट्रान स्ट्राइकर ओलिभर जिरुडले नौ नम्वरका जर्सी पाएका छन । 

अनुबन्ध रकम एक मिलियन पाउण्ड र एक मिलियन बोनस पाउने सर्तमा चेल्सीबाट इटालीयन क्लव एसी मिलानमा गएका जिरुडलाई क्लवले चर्चित नौ नम्वरको जर्सी दिएको छ । 

फ्रेन्च स्ट्राइकर जिरुडले चेल्सीबाट युरोपा लिग, एफ ए कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

जिरुडले एसी मिलान अर्को सिजनको च्याम्पियन्स लिगमा अनुबन्ध भएको खण्डमा एक मिलियन पाउण्ड बोनस पाउने भएका छन । 

चेल्सीबाट खेल्दा एक सय १९ खेलमा ३९ गोल गरेका जिरुडलाई क्लवले शनिबार सार्वजनिक गरेको हो ।

जिरुडले एसी मिलानमा अनुबन्ध भएपछि आफुले खुसी मनका साथ नयाँ सुरुवात गर्न थालेको बताए । 

जिरुडले सन् २०१८ को जेनेवरीमा १८ मिलियनमा आर्सनलबाट चेल्सीमा अनुबन्ध भएका थिए ।

चेल्सीमा हुँदा उनले मुख्य तीन उपाधि जितेका थिए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey