एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल नखेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1725 पटक हेरिएको

फिलिपिन्समा आयोजना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपबाट नेपालले खेल्न नपाउने भएको छ ।

भदौ १३ देखि १८ सम्म हुने प्रतियोगितामा आयोजक फिलिपिन्सले कोरोनाका कारण नेपाललाई रेड लिष्टमा राखेपछि प्रतियोगिताबाट हटाएको हो ।  । 

यसको अर्थ अब प्रतियोगितामा आठ टिमको मात्र सहभागिता रहनेछ ।

यो प्रतियोगितामा सुरुवातमा १७ टिमले खेल्ने बताएपनि विचमा ५ टिमले नाम फिर्ता लिएपछि १२ टिमको नाम पक्का भएको थियो ।

तर एभिसीले तालिका सार्वजनिक गर्दा नेपालसहित जापान, हङकङ र भारतको नाम उल्लेख गरेको छैन । काेराेना महामारीका कारण नेपाललाई पनि रेड लिस्टमा राखेपछि नेपालले याे प्रतियाेगिता खेल्न नपाउने भएकाे हाे ।

नेपालले पहिलो पटक एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने योजना थियो । जसका लागि महिला भलिबल टिमले तयारी पनि गरिरहेको थियो । 

सुरुवातमा चीनमा हुने भनिएको यो प्रतियोगिता विचमा फिलिपिन्समा सरेको थियो । चीनले प्रतियोगिता गर्न अस्विकार गरेपछि फिलिपिन्सले मौका पाएको थियो ।

भलिबल संघलेपनि खेलाडीले क्याम्पमा राखेर नियमित प्रशिक्षण गरिरहेको थियो । जसमा सुरुवातमा ३० खेलाडीलाई क्याम्पमा राखेको थियो । 

दोस्रो चरणमा नौ खेलाडीलाई हटाउँदै १८ खेलाडीमा झारेको थियो । प्रतियोगिताका लागि अन्तिम चरणमा १२ खेलाडी छनौट गर्ने योजना थियो । 

पछिल्लो पटक नेपाल र भारतमा कोरोनाको लहर बढ्दो भएकाले दुबै देशलाई रेड जोनमा राखेको थियो ।

जसका कारण पनि बिहिबार एभिसीले नेपालसँग भारतलाई पनि प्रतियोगितामा सहभागिताका लागि समावेश नगरेको हो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey