एएफसी महिला च्याम्पियनसिपको मिति जुधेर ए डिभिजन लिग एक साता सर्ने संभावना !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1535 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिग सर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले असोज ३ गतेबाट गर्ने भनेको लिग एक साता दिन सर्ने संभावना प्रबल बनेको छ । 

एन्फाले पहिलो पटक ६ महिना लामो लिग गर्ने भनेको एन्फाले यसअघि तोकेको लिगलाई केहि दिन पछाडी सार्ने की भन्ने तयारी गरेको छ ।

लिग सुरु हुने समयमा एएफसी महिला च्याम्पियनसिपमा नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । महिला च्याम्पियनसिप दशरथ रंगशालामा भदौ ३१, असोज ३ र ६ गते हुने भएकाले त्यहि बेला लिगलाई गर्न कठिन हुने देखिएको छ । जसका कारण एन्फाले ९ गतेबाट लिग सुरु गर्ने की भन्ने योजना बनाएको छ । 

नेपाली महिला टिमले एएफसी महिला च्याम्पियनसिपमा फिलिपिन्स, हङकङसँग घरेलु मैदानमा खेल्ने तालिका छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले महिला च्याम्पियनसिप र लिगको मिती जुध्ने देखिएकाले त्यो बेलासम्म च्यासलको मैदान तयार भएमा लिगलाई तोकेकै मितीमा गर्ने र यदि च्यासल मैदान खेल्नका लागि तयार नभएको खण्डमा रंगशालामा खेलाउने संभावना नभएकाले केहि दिन सार्नुपर्ने अवस्था आएको बताए । 

लिगका लागि सबै क्लवले आन्तरीक तयारी गरिरहेका छन । तर एन्फाको प्रतियोगिता समितीले महिला च्याम्पियनसिपको मिती थाहा पाउँदा पनि सोहि समयमा ए डिभिजन लिगको मिती राख्दा अन्तिम समयमा लिगलाई एक साता सार्नुपर्ने अवस्था आएको हो । 

१४ टिमको सहभागिता रहेको लिगसँगै यो पटक एन्फाले राष्ट्रिय लिगपनि आयोजना गर्नेछ । जसमा १० टिमको सहभागिता रहनेछ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey