पेरेजको अडियो प्रकरणः रोनाल्डो मुर्ख खेलाडी र मोउरिन्हो घमण्डी प्रशिक्षक भएको आरोप

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1077 पटक हेरिएको

हाइलाइट्स

सन् २०१२ मा उनले टेलिफोनमा गरेको कुराको अडियो लिक हुँदा पेरेजले रोनाल्डोलाई मुर्ख र सिक म्यान भनेका छन । यस्तै जोजे मोउरिन्होलाई घमण्डी प्रशिक्षक भनेर आलोचना गरेको सुनिएको छ । 

रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको सन् २०१२ मा बोलेको कुराको अडियो अहिले लिक हुँदा यतिबेला स्पेनीस फुटबमा ठूलो चर्चा भएको छ ।

यसअघि लिक भएको अडियोमा पूर्व गोलकिपर इकर कासिलास र राउल गोञ्जालेजको आलोचना गरेकोमा फेरी अर्को अडियोमा उनले क्रिस्टियानो रोनाल्डो र जोजे मोउरिन्होको आलोचना गरेको सुनिएको छ । 

सन् २०१२ मा उनले टेलिफोनमा गरेको कुराको अडियो लिक हुँदा पेरेजले रोनाल्डोलाई मुर्ख र सिक म्यान भनेका छन । यस्तै जोजे मोउरिन्होलाई घमण्डी प्रशिक्षक भनेर आलोचना गरेको सुनिएको छ  । कासिलास र राउलको आलोचना गरेको अडियो सार्वजनिक भएको २४ घण्टामा नै अर्को अडियो लिक गरिएको छ । जसमा उनले रोनाल्डो र मोउरिन्होको आलोचना गरेको पाइएको छ । 

उनले आफ्नो टेलिफोनबाट गरेको अडियोलाई एल कन्फिडेन्सियलले सार्वजनिक गरेको छ । जुन २०१२ को अक्टोबरमा रेकर्ड गरिएको थियो ।

जसमा उनले रानोल्डोको विषयमा मुर्ख र निकै भोको खेलाडी भएको बताएका छन । सो अडियोमा रोनाल्डोलाई उनले अरुले सामान्य खेलाडी देखेपनि उनी साधारण खेलाडी नभएको र उनले आफुले चाहेको कुरामात्र गर्ने गरेको बताएका छन । 

सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियलमा अनुबन्ध भएका रोनाल्डो २०१८ सम्म रहेका थिए । जसमा उनको पेरेजसँगको सम्बन्ध क्लवको उतरार्धमा त्यति राम्रो रहन सकेको थिएन । 

सन्  २०१८ रोनाल्डो युभेन्टस गएका थिए, उनले रियलबाट चार सय ३८ खेलमा चार सय ५१ गोल गरेका थिए । जसमा उनले चार पटक बलुन डी योरको अवार्डपनि जितेका थिए भने चार पटक च्याम्पियन्स लिगको उपाधिपनि जितेका थिए । 

यस्तै उनले मोउरिन्होलाई मुर्ख प्रशिक्षक रहेको र धेरै घमण्ड भएको बताएका थिए । उनी खेलका बेला नचाइने तरिकाले खेलाउने गरेको उनको सो अडियोमा भनाई थियो । जोजे मोउरिन्होले रियलको प्रशिक्षक हुँदा बार्सिलोनाको दबदबालाई तोडेका थिए । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey