बक्सिङ छनोट सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२७
  • |
  • 1051 पटक हेरिएको

हाइलाइट्स

प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २–२ गरी ४ स्पर्धामा खेल भइरहेको छ ।

नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २–२ गरी ४ स्पर्धामा खेल भइरहेको छ ।

पुरुष÷महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् । उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने अध्यक्ष अवालेले जानकारी गराए । प्रतियोगिता अगष्ट १७ देखि ३१ तारिखसम्म दुबइमा हुँदै छ ।

पहिलो दिन युथतर्फ पुरुष ६० केजीमा भूपु बक्सिङ, कास्कीका निश्चल गुरुङले रोल्पाका गौतम पुन मगरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे । जुनियर पुरुषको ५७ केजीमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउदै फाइनलमा पुगे । युथको पुरुष ५४ केजीमा झापाका प्रवीण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पन्छ्याउदै फाइनलमा पुगे । युथको पुरुष ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पाखा लगाए ।

युथको महिला ४८ केजीमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरिन् ।

 जुनियरतर्फ पुरुष ५० केजीमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापा, ५४ केजीमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराज तथा ७५ केजीमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई फाइनलमा पराजित गरे ।

जुनियर महिलाको ५० केजीमा मकवानपुरकी रोशनी घलानले दमककी अनिशा खवास तथा ५४ केजीमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई फाइनलमा पाखा लगाए । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey