जिम्बाबेविरूद्ध बंगलादेशकाे फराकिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२७
  • |
  • 602 पटक हेरिएको

हाइलाइट्स

जिम्बावेविरुद्धको पहिलो टेष्टमा बंगलादेश दुई सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । 

जिम्बावेविरुद्धको पहिलो टेष्टमा बंगलादेश दुई सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । 

पहिलो पारीमा बंगलादेशले चार सय ८६ रन बनाएकाे थियाे । उसका लागि महमुदउल्लाहले सर्वाधिक एक सय ५० रनको शतकीय पारी खेलेका थिए ।

जवाफमा जिम्बावेले पहिलो पारीमा २ सय ७६ रनमा समेटियाे । उसका लागि कप्तान टेलरले ८१ रनको योगदान दिएका थिए । जिम्बावेलाई सस्तैमा समेट्न बंगलादेशका मेहदी हसन मिराजले ५ तथा शकिब अल हसनले ४ विकेट लिएका थिए ।

दोस्रो पारीमा बंगलादेशले अरू २ सय ८४ रन जाेडेर पारीकाे घाेषणा गरेकाे थियाे । उसका लागि नाजमुल होसेनले अविजित एक सय १७ रनको शतकीय इनिङ्स खेले । शादमन इस्लाम एक सय १५ रनको याेगदान गरे । जसका कारण बंगलादेशले ठूलाे लक्ष्य दिएकाे थियाे । 

बंगलादेशले दिएको ४ सय ७७ रनको लक्ष्य पाएको जिम्बावेले दोस्रो पारीमा मात्र २ सय ५६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान ब्रेण्डन टेलरले ९२ रनको याेगदान गरे । यस्तै डोनाल्ड तिरिपानोले ५२ रन बनाए भने ब्लेसिङ मुजराम्बिनी ३० रनमा अविजित रहे । बंगलादेशका मेहदी हसन मिराज र तास्किन अहमेदले ४-४ विकेट लिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey