उत्सव सिंह बने शारीरिक सुगठनमा प्रो कार्ड पाउने पहिलो नेपाली

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२६
  • |
  • 1461 पटक हेरिएको

हाइलाइट्स

बुटवल घर भएर हाल अमेरीकामा बस्दै आएका सिंहले पुरुषको फिजिक क्याटागोरी र नोभिस क्याटागोरीमा स्वर्ण जितेका थिए ।

नेपाली मुलका उत्सव सिंहले शारिरीक सुगठनमा प्रो कार्ड प्राप्त गरेका छन । उनी यो कार्ड पाउने पहिलो नेपाली बनेका छन ।

प्रो कार्ड पाएपछि उनले मिस्टर ओलम्पिया जस्ता उच्च ब्यवसायीक शारिरीक सुगठन जस्ता प्रतियोगितामा भाग लिन पाउनेछन । 

अमेरीकाको टेक्सासमा भएको मिस्टर युएस नेचुरल प्रो क्वालिफायर्समा दुई वटा स्वर्ण जितेर इतिहास बनाएका सिंह अब ब्यवसायीक बाटोमा अगाडी बढ्न पाउने भएका छन । 

बुटवल घर भएर हाल अमेरीकामा बस्दै आएका सिंहले पुरुषको फिजिक क्याटागोरी र नोभिस क्याटागोरीमा स्वर्ण जितेका थिए ।

पछिल्लो सात बर्षदेखि अमेरीकामा बस्दै आएका सिंह नेपालमा हुँदापनि विभिन्न शारिरीक सुगठन प्रतियोगितामा सहभागिता जनाएका थिए ।

उनले नेपालमा हुँदा ७० केजी तौल समुहमा मिक्टर भक्तपुरको काश्य पदक जितेका थिए । यस्तै उनले मिस्टर बडी विल्डर अफ दी इयरमा दोस्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागि हुँदा आफ्नो तौल समुहमा तेस्रो भएका थिए । 

पछिल्लो पटक उनी अमेरीकाको फिटनेस म्यागाजिनमा सहभागि हुनका लागि अनलाइन प्रतिस्पर्धामा रहेका छन । भोटिङको आधारमा हुने सो प्रतिस्पर्धाका लागि सिंहले सबै नेपालीले भोट गर्न अपिल गरेका छन । 

सिंहलाई भोट गर्नका लागि यो लिंकमा जान सक्नुहुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey