टोकियो ओलम्पिकका लागि जापान पुगेका सर्बियाका एक खेलाडीमा कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२१
  • |
  • 1113 पटक हेरिएको

हाइलाइट्स

ओलम्पिक भिलेज पुगेपछि गरिएको परिक्षणमा सर्वियन टिमका एक जनामा कोभिड देखिएको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

टोकयो ओलम्पिक सुरु हुन तीन साता भन्दा कम समय बाँकी रहेको छ । यस्तैमा केहि देशका खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुग्ने क्रम सुरु भएको छ । तर पछिल्लो पटक ओलम्पिकका लागि टोकियो पुगेका सर्वियाई टिमका एक सदस्यमा कोरोना पोजेटिभ पाइएको छ । 

ओलम्पिक भिलेज पुगेपछि गरिएको परिक्षणमा सर्वियन टिमका एक जनामा कोभिड देखिएको जापानको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

यसअघि युगान्डा टिमका दुई खेलाडीमा कोभिड देखिएको थियो । सर्वियन खेलाडी रोइंग टीमलाई पोजेटिभ देखिएको बताइएको छ । जसका कारण उनी आइसोलेसनमा बसेका छन । यसका साथै उनीसँग यात्रा गरेका अरु चार खेलाडीपनि क्वारेन्टिनमा बसेका छन । 

सर्वियन खेलाडीलाई प्रशिक्षणका लागि तोयामामा तय गरिएको थियो । तर कोभिड देखिएपछि प्रशिक्षणपनि स्थगित गरिएको छ । अघिल्लो महिना युगांडाका दुई खेलाडी जापान प्रवेश गर्दा कोरोना पोजेटिभ पाइएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey