युरो २०२० : वेल्सको पोस्टमा डेनमार्कको चार गोल अन्तिम आठमा स्थान सुरक्षित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१२
  • |
  • 1512 पटक हेरिएको

युरो २०२० फुटबलमा डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार आम्सरडममा भएको प्रि क्वाटरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

डेनमार्कका लागि दुई गोल कास्पर डोलबर्गले गर्दा अर्को एक गोल जाओकिम मेहेलले गोल थपेका थिए । चाैथाे गाेल भने ब्रेथह्वाइटकाे नाममा रह्याे । २३ वर्षिय कास्परले पहिलो हाफको २७ औं र ४८ औं मिनेटमा गरी दुई गोल गरेका थिए ।

५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको डेनमार्कले वेल्समाथि लगातार दबाव कायम राखेको थियो ।

 नवौं मिनेटमा वेल्सका कप्ता ग्यारेथ बेलले जाओकिम मेहेल र जानिक भेस्टरगार्डलाई विट गर्दै पेनाल्टी एरियामा बल लगे पनि प्रयास असफल भएको थियो । त्यस लगत्तै पनि बेलले पाएको मौका सदूपयोग गर्न असफल रहेका थिए ।

Image

२७ औं मिनेटमा कास्पर डोलबर्गले डी बक्सबाट सुन्दर गोल गरेका थिए । २५ यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो । ३२ औं मिनेटमा डेनमार्क अग्रता दोब्बर बनाउन असफल भएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा पनि अर्को एक गोल थपेको थियो ।

४७ औं मिनेटमा ब्रेथह्वाइटले राइट विंग्सबाट दिएको बल पेनाल्टी एरियबाट किलियर गर्न खोज्दा कास्परको खुट्टामा पुगेको थियो । उक्त बललाई गोल गर्दै डेनमार्कको अग्रता दोस्रो हाफको शुरुमै दोब्बर बनाए ।

त्यसपछि पनि वेल्सविरुद्ध हावी भएको डेनमार्कले ८९ औं मिनेटमा तेस्रो गोल गरेका थियो । उसका लागि मेहेलले गोल गरेका थिए । 
त्यसगत्तै वेल्स १० खेलाडीमा झरेको थियो । उसका ह्यारी विल्सन रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । 

दश खेलाडीमा रहेको वेल्सविरुद्ध अतिरिक्त समयमा ब्रेथह्वाइटले गोल थपेपछि डेनमार्क ४–० ले विजयी भयो । ब्रेथह्वाइटको गोललाई फिल्ड अम्पाएरले अफसाइड भने पनि भीएआरले मान्यता दिएको थियो । 

Image

युरोको पहिलो खेलमै क्रिष्चियन इरिक्सनलाई गुमाएको डेनमार्कले त्यसपछि हरेक खेल सम्हालिएर खेल्दै आएको छ । डेनमार्क अन्तिम १६ मा प्रवेश गर्दा समूह बीको उप विजेता भएको थियो भने वेल्स समूह एको उप विजेताको रुपमा आएको थियो ।

पछिल्लो संस्करणमा वेल्स सेमिफाइनलसम्म पुगेको थियो । तर यस पटक प्रि क्वाटरफाइनलबाटै विदा भएको छ । डेनमार्कले २०१२ को युरोमा समूह चरण पार गर्न सकेको थिएन भने २०१६ मा छनोट चरण नै पार गर्न असफल भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal