महिलातर्फको फिफा र्‍याङ्किङमा सुधार नेपाल सयौं स्थानमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-११
  • |
  • 1628 पटक हेरिएको

नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरियताको एकसयौं स्थानमा आईपुगेको छ ।

यो भनेकाे पछिल्लो वरियतामा एक स्थान सुधार हो । यसअघि पछिल्लो बरियतमा नेपाल १०१ औं स्थानमा रहेको थियो ।

नेपाली महिला फुटबल टिमले २०७६ मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग खेलेपछि नै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

सागको स्वर्ण पदकको भिडन्तमा नेपाल भारतसँग पराजित हुँदा रजत पदकमा चित्त बुझाउन पुगेको थियो ।

महिलाको बरियतामा भारत ५७ औं स्थानमा रहेको छ भने बंगलादेश १३७, श्रीलंका १४३, माल्दिभ्स १४४ भुटान १६१ औं स्थानमा रहेको छ ।

 महिला फुटबलमा अमेरिका भने शीर्ष स्थानमा रहेको छ ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey