आईपीएलमा न्यूजिल्याण्डका खेलाडी खेल्ने 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-११
  • |
  • 780 पटक हेरिएको

विश्वको चर्चित फ्रेन्चाइजी इन्डियन प्रिमियर लिग आईपीएलका बाँकी रहेका ३१ खेल १९ सेप्टेम्बरदेखि १५ अक्टुबरसम्म युएईमा आयोजना हुने पक्का भइसकेको छ ।

भारतमा कोरोना महामारी बढेपछि विचमै स्थगित भएका खेलहरु युएईमा आयोजना गर्न लागिएको हो । तर, आईपीएलमा केही देशका खेलाडीहरुले नखेल्ने बताइसकेका छन् ।

अस्ट्रेलिया इंग्ल्याण्ड लगायतका देशहरुका खेलाडीले आईपीएल नखेल्ने बताइ रहेका बेला न्यूजिल्याण्डका खेलाडीहरुले भने खेल्ने पक्का भएको छ ।

हालै विश्व टेस्ट च्याम्पियनसिप जितेको न्यूजिल्याण्ड टिमका खेलाडीहरु भने आईपीएलका लागि युएई आउने पक्का भएको छ । न्यूजिल्याण्डका ८ जना खेलाडी आईपीएलमा रहेका छन् ।

आईपीएलमा केन विलियम्सन, ट्रेन्ट बोल्ट, काइल जेमिसन र मिचेल सेनेटरसहित आठ खेलाडी रहेका छन् । यो बीचमा न्यूजियल्याण्डले पाकिस्तानविरुद्ध सिरिज पनि खेल्ने भएको छ ।   

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey