त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिमको तयारी सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1262 पटक हेरिएको

हाइलाइट्स

कीर्तिपुर क्रिकेट मैदानमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा १९ खेलाडीको सहभागिता रहेको छ ।

स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा १९ खेलाडीको सहभागिता रहेको छ ।

क्याम्पमा बोलाएका पृथु बास्कोटाले भने क्याम्पबाट नाम फिर्ता लिएपछि उनी टिममा हुने छैनन् । 

नेपालले केहि दिन घरेलु भूमीमा प्रशिक्षण गरेर बैदेशिक प्रशिक्षणका लागि जाने तयारी छ । तर कहाँ जाने भन्ने टुंगा भने लागिसकेको छैन ।

नेपाल स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ । आइसीसीले एकदिवसिय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । 

सन् २०२३ को विश्वकप छनौटका आधार रहेको यो प्रतियोगिताको शिर्ष तीनमा रहन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्न पाउनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey